मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

 पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् । उनी नयाँ दिल्लीमा आयोजना हुने एनएक्सटी २०२६ मा भाग लिनको लागि बुधबार भारत भ्रमणमा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । 

नयाँदिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४, २०२६ मा आयोजना हुने उक्त सम्मेलनमा डा. भट्टराई गेस्ट अफ अनरको रुपमा रुपमा सहभागी हुन लागेको जनाइएको छ । विश्वभरिका नीति/निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ठ शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने उक्त समिटमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उपस्थिति रहनेछ। विभिन्न देशका सांसद, नीति/निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ ।

डा. भट्टराईले सम्मेलनमा मार्च १४ विहान १० बजे ‘एआईको युगमा लोकतन्त्र: डिजिटल शासन र युवा’ शीर्षकको सत्रमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त सत्रमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे आफ्ना विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । डा. भट्टराई मार्च १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

  • Related Posts

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित गरिएको छ ।  शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाइएपछि तत्कालका लागि संसदीय दलको…

    पहिलो

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 14 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 25 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 7 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 20 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 31 views