काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित गरिएको छ ।

शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाइएपछि तत्कालका लागि संसदीय दलको नेताको निर्वाचन स्थगन गरिएको हो ।
कार्यसम्पादन समिति बैठकबाट शर्माको नेतृत्वमा दुई उपसभापति र दुई महामन्त्री रहेको कार्यदल बनाइएको छ । अब कार्यदलले सर्वसम्मतिको पहल गर्ने र सहमति हुन नसकेपाची निर्वाचनमा जाने निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिएका छन् ।
यसअघि कांग्रेसको आजै संसदीय दलको निर्वाचन गर्ने तयारी गरिएको थियो । जस अनुसार विहिबार नै मतदाता नामावली सार्बजनिक समेत गरिएको थियो ।








