म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ को बिक्री आजदेखि खुला

गरिमा क्यापिटल लिमिटेडले आजदेखि दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्काशन तथा बिक्री खुला गरेको छ । यो योजनाको आकार १ अर्ब रुपैयाँ रहेपनि क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउन लागेको हो । 

निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको उल्लेख छ । क्यापिटलले बाँकी रहेको ३५ करोड रुपैयाँबराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको ३ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

यो एक खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई यस पश्चात सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिद बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ ।

उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईसम्म आवेदन दिन पाइने छ ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा छिटोमा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा चैत १२ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ । यस योजनामा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिने गरिमा क्यापिटलले जनाएको छ ।

  • Related Posts

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    काठमाडौँ । स्मार्टफोन कम्पनीहरूले जानाजानी फोन छिट्टै कमजोर बनाउने गरेको आशंकाबीच युरोपेली संघले यस विषयमा कडाइ थालेको छ । नयाँ फोन सुरुमा निकै छिटो चल्ने भए पनि केही समयपछि ब्याट्री…

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ । यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो…

    पहिलो

    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    • May 1, 2026
    • 59 views
    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 14 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 25 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 8 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 20 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल