यस्तो छ आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञानले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल  कोशी, बागमती गण्डकी लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षा भैरहेको छ  ।

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली  भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा  मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

त्यसैगरी आज राती  कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग  साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

  • Related Posts

    प्रमुख २० समाचार

    १- नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको कावा मुख्य…

    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भयो भन्दा सरकारको काम प्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले गुम्बा…

    पहिलो

    प्रमुख २० समाचार

    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    • May 2, 2026
    • 22 views
    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

    • May 2, 2026
    • 20 views
    चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    • May 2, 2026
    • 10 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    अमेरिकाको स्पिरिट एयरलाइन्स बन्दको घोषणा

    • May 2, 2026
    • 22 views
    अमेरिकाको स्पिरिट एयरलाइन्स बन्दको घोषणा

    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की

    • May 2, 2026
    • 8 views
    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की