दीपेन्द्र प्रजापति/कालो झोला ।

न्यू यॉर्क, १४ चैत । राष्ट्र र राष्ट्रियतालाई सदा तन, मन, वचन र कर्ममा सजाउने विश्वभरी छरिएर रहनुभएका नेपाली हरुलाई साधुबाद छ । विगत लामो समय देखि मनाउँदै आएको “NEPAL DAY PARAD” यस वर्ष पनि देशको भेष भुषा भाषा र संस्कृति झल्काउने र नेपाल र नेपालीको पहिचान विश्वभरि चिनाउने उद्देश्यका साथ सन् 21 May 2023  आईतबार को दिन विश्वको मानिसहरूले पाइला टेक्ने शहर या विश्वको राजधानी भनेर चिनिने न्यू यॉर्क को व्यस्त शहर म्यानहाटनमा आयोजना हुँदैछ, उक्त कार्यक्रमलाई सफल बनाउन मलाई मधेश प्रदेश को संयोजक को जिम्मेवारी दिनू भएको नेपाल डे परेड आयोजक कमिटिलाई धन्यवाद दिँदै संस्थाको नीति नियमका परिधिभित्र रही र विभिन्न जिम्मेवारी लिनु भएको सम्पुर्ण टिमसंग सहकार्य गरी आफ्नो जिम्मेवारी वहन गर्ने सगौरव प्रतिबद्धता जाहेर गर्दछु र साथै मधेश प्रदेश का सम्पूर्ण संघ संस्था लाई सहभागी भई दिनको लागी नेपाल डे परेड न्यू यॉर्क का मधेश प्रदेश संयोजक मनोज सिंहले हार्दिक अनुरोध का साथ सहकार्यको लागि विनम्र अनुरोध पनि गरेका छन् ।