राजविराज-छिन्नमस्ता सडक अधुरै

सिरहा । राजविराज-छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्ति पीठसम्म पुग्ने उक्त सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म सो सडकको २९ प्रतिशत मात्र काम सकिएको छ ।

ठाउँ ठाउँमा सडक भत्किएर पैदल हिँड्न समेत सकिने अवस्था छैन । जताततै खाल्डाखुल्डी मात्रै छन् । सडकमा पानी जमेर पोखरी बनेको छ । मोटरसाइकल गुडाउन पनि समस्या भएको शक्तिपीठ दर्शन गर्न गएका बोदे बर्साइन नगरपालिका-३ का २८ वर्षीय धिरज यादवले बताए। “सडकको बेजोग छ, पैदल हिँड्न समेत नमिल्ने अवस्था छ”, उनले भने।

टेम्पो व्यवसायी सत्यनारायण चौधरी ठूलो सङ्ख्यामा आउने दर्शनार्थीलाई छिन्नमस्ता भगवती मन्दिर पुग्न कठिनाइ हुने गरेको बताउँछन् । “कुनै पनि बेला दुर्घटना हुनसक्ने खतरा छ, जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था छ”, उनले भने ।

हाल सो सडक खण्डमा बस सेवा बन्द छ । अटोरिक्सा मात्र चल्ने भएकाले उनीहरूले यात्रुबाट मनपरी भाडा लिने गरेको ललापटीका रामप्रित यादवले बताए। बाटो बिग्रिएका कारण १० किलोमिटर यात्रा तय गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उनको भनाइ छ ।

सडक मर्मतको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहितको टोलीले लहानस्थित सडक डिभिजन कार्यालयमा धर्ना समेत दिएको थियो । “सडक मर्मतका लागि सडक डिभिजन कार्यालय लहानलाई पटक-पटक आग्रह गर्दै आएका छौँ, धर्ना पनि बस्यौँ, तर केही पहल भएको छैन”, उनले भने । सडककै कारण पछिल्लो समय छिन्नमस्ता शक्तिपीठ आउने भक्तजनको सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।

स्थानीयले अविलम्ब उक्त सडक स्तरोन्नतिको माग गरेका छन् । राजविराज-छिन्नमस्ता-नेउर बोर्डर सडक खण्ड निर्माण कार्यको शिलान्यास २०७८ चैतमा गरिएको थियो । उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानले रु २५ करोड ८८ लाखमा साह इन्जिनियरिङ प्रालि शम्भुनाथ सप्तरीलाई ठेक्का दिएको हो ।

सडक निर्माण गर्न २०७९ असारमा निमार्ण कम्पनी र सडक डिभिजन कार्यालयबीच सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कार्य गत असारमा सक्नुपर्ने थियो । उक्त सडक अब २०८२ असारसम्ममा निर्माण गरिसक्नुपर्ने सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी अश्विनी यादवले जानकारी दिए।

  • Related Posts

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ ।  दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक,…

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गर्ने…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 175 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 49 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 42 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 39 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 39 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 41 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु