रातभर जाग्राम बस्छन् मध्यवर्ती क्षेत्रका स्थानीय

सुनसरी । बराहक्षेत्र नगरपालिका-२ पुनर्वासका स्थानीय जंगली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष र आसपासका जंगलबाट आउने हात्तीको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दा जाग्राम बस्दै आएका हुन् ।

पूर्व वडाध्यक्ष हरिकृष्ण भट्टराईले नसुतेको एक साताभन्दा बढी भएको बताए। उनले राति जंगलबाट आउने हात्तीको त्रासमा राति नसुतेको एक साता भएको उनले बताए । प्रत्येक रात लाइट बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या भएको उनको भनाइ छ ।

दिनभरि बाहिर काम गरेर राति आराम गरिरहेको बेलामा दैनिक जंगलबाट आउने हात्तीका कारण जाग्राम बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताए। हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उनको भनाइ छ ।

भट्टराई जस्तै बराहक्षेत्र–२ पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै छ । दैनिक वन्यजन्तु आरक्ष तथा अन्य जंगलबाट आउने हात्तीका कारण समस्या हुँदै आएको उनले बताए । यही भदौ १२ गते राति आएको हात्तीको समूहले घरमा क्षति पुर्‍याएको उनले जानकारी दिए।

यस क्षेत्रमा दैनिक रूपमा आरक्षबाट आउने हात्तीले आर्थिक तथा भौतिक क्षति गर्ने गरेका छन् । हात्तीपीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यसले प्रयाप्त नभएको स्थानीय बताउँछन् ।

क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रूपमा यसको समाधान खोज्न स्थानीय सरकार र प्रशासनलाई पटक पटक आग्रह गरिएको मगरले बताए ।

हात्तीका कारण समस्या हुँदै आएको र यसबाट पीडितलाई सुविधा र सुरक्षा दिन नसकिएको आरक्ष प्रशासनले जनाएको छ । गत साउनदेखि हालसम्म एक सयभन्दा बढी परिवारले क्षतिपूर्तिका लागि वन्यजन्तु आरक्षमा निवेदन दिएका बराहक्षेत्र–२ का वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-