राष्ट्रियसभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेट

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत  माओमिङले आज शिष्टाचार भेट गरेका हुन् । 

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष दाहालले नेपालका लागि नवनियुक्त राजदूत  माओमिङलाई स्वागत गर्दै उनको कार्यकालमा नेपाल-चीन सम्बन्ध अझ घनिष्ट र उचाइमा पुग्ने विश्वास लिएको बताएका थिए ।

नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए । गत फागुन २१ गते नेपालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको बताउँदै अध्यक्ष दाहालले जेनजी आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोग सह्रानीय रहेको बताए ।

नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्मरण गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार नै अगाडि बढ्ने बताए । 

चीनले नेपालको पूर्वाधार विकास लगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे । बिआरआई लगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा विश्वास लिएको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुनेमा जोड दिए ।

अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा उडान सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको भन्दै त्यसका लागि पहल गर्न पनि राजदूत चाङलाई आग्रह गरे । भेटमा उनले कनेक्टिभिटीका लागि सडक सञ्जाल र सिमा नाकाहरुको पूर्वाधार विकासमा पनि पहल गर्न अनुरोध गरेका थिए । सो अवसरमा राजदूत  माओमिङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताए ।

उनले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाईमा उठेको बताए ।

नेपालमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राजदूत  माओमिङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने आफूले विश्वास लिएको बताए ।

बिआरआई लगायत चीन-नेपालबीच भएका सम्झौताहरु छिटो अगाडि बढाउन सके दुवै देशका जनताको साझा समृद्धिमा थप विकास हुनेमा आफू आशावादी रहेको बताए ।

Single Image

  • Related Posts

    प्रमुख २० समाचार

    १- नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको कावा मुख्य…

    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भयो भन्दा सरकारको काम प्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले गुम्बा…

    पहिलो

    प्रमुख २० समाचार

    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    • May 2, 2026
    • 21 views
    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

    • May 2, 2026
    • 20 views
    चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    • May 2, 2026
    • 10 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    अमेरिकाको स्पिरिट एयरलाइन्स बन्दको घोषणा

    • May 2, 2026
    • 22 views
    अमेरिकाको स्पिरिट एयरलाइन्स बन्दको घोषणा

    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की

    • May 2, 2026
    • 8 views
    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की