दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा ले आईतबार पुर्व श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी शाह को ७३ औं जन्मोत्सव तथा प्रजातन्त्र दिवस मनाएको छ ।

वीरगंज स्थित घण्टाघर चौकमा पुर्व श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी शाह को ७३ औं जन्मोत्सव तथा प्रजातन्त्र दिवस को अवसरमा २५ थान कम्बल पनि बितरण तथा चियापान कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी का पुर्व केन्द्रिय सदस्य तथा पुर्व जिविस पर्सा का सभापति शम्भु चौरसिया को प्रमुख अतिथ्य तथा निर्वाचन क्षेत्र नं १ का क्षेत्रिय अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी को अध्यक्षतामा भएको कार्यक्रममा पुर्व केन्द्रिय सदस्य विश्वनाथ साह तेली, पुर्व केन्द्रिय सदस्य बाबुलाल शर्मा, पुर्व केन्द्रिय सदस्य नगिना यादव, पार्टी का जिल्ला उपाध्यक्ष राजेस कुमार गुप्ता, पार्टी का जिल्ला सचिव अजय पौडेल, जिल्ला सह- सचिव पवन प्रसाद साह, पार्टी का जिल्ला प्रवक्ता पृथक घिमिरे (शम्भु घिमिरे), क्षेत्र नं १ का क्षेत्रिय अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी, क्षेत्र नं १(क) का अध्यक्ष विजय पासवान, क्षेत्र नं १(ख) का अध्यक्ष दिपनारायण यादव, उदित सहनी, जेष्ठ नागरिक तथा समाजसेवी पशुपति बिक्रम शाह, श्रीमती उषा शाह, नागरिक समाजका केन्द्रिय प्रबक्ता हिरा बहादुर चन्द, बैजु कलवार, बिनिता कुमारी, रा.स.म.कमल घिमिरे लगायतको उपस्थिति रहेको थियो, भने कार्यक्रमको सहजीकरण शम्भु घिमिरेले गरेका थिए । 

भने बक्ताहरुले बडामहारानिको जन्मदिनको शुभकामना दिदै प्रजातन्त्र दिवसको चर्चा पनि गरेका थिए, भने कार्यक्रमको सहजीकरण शम्भु घिमिरेले गरेका थिए ।