राष्ट्रिय फुटबल टिमबाट रोहन र निराजनले गरे डेब्यू

काठमाडौँ । युवा मिडफिल्डर रोहन कार्की र निराजन धामीले नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरेका छन् । बुधबार बेलुका भएको ताजिकस्तानविरुद्धको मैत्रीपूर्ण खेलमार्फत रोहन र निराजनले सिनियर टिमबाट डेब्यू गरेका हुन् ।

डुसानवेस्थित सेन्ट्रल रिपब्लिक रंगशालामा भएको खेलमा रोहनले पहिलो रोजाईमा खेल्दै डेब्यू गरे । गत फागुनमा मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल र बहराइनविरुद्धको विश्वकप छनोट खेलका लागि टिममा परेका रोहनले डेब्यूका लागि भने पर्खनुपरेको थियो ।

झापा कन्काइका रोहनले आरसी ३२ एफसीबाट सी डिभिजन लिगको कप्तानी गर्दै बी डिभजनमा बढुवा गराउन भूमिका खेलेका थिए । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीबाट खेलेका उनले उदीयमान खेलाडीको अवार्ड जितेका थिए ।

यस्तै यु-२० राष्ट्रिय टिमका फरवार्ड निराजनले भने वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै डेब्यू गरेका हुन् । उनी ७४औँ मिनेटमा जिलेस्पी जंग कार्कीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

निराजन पहिलो पटक राष्ट्रिय टिममा पर्दै ताजिकस्तान भ्रमण गएका थिए र पहिलो खेलमै डेब्यू गर्ने अवसर पाएका छन् । यसअघि पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश भएका उनी अन्तिम टिममा भने अटाएका थिएनन् ।

मनाङ मर्स्याङ्दीबाट ए डिभिजन लिग खेलेका निराजनले नेपाल सुपर लिग ९एनएसएल० मा बुटवल लुम्बिनी फुटबल क्लबबाट खेलेका थिए । ताजिकिस्तानसँगको खेलमा नेपाल ४-० गोलअन्तरले पराजित भएको थियो ।

  • Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-