राष्ट्रिय फुटबल टिमबाट रोहन र निराजनले गरे डेब्यू

काठमाडौँ । युवा मिडफिल्डर रोहन कार्की र निराजन धामीले नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरेका छन् । बुधबार बेलुका भएको ताजिकस्तानविरुद्धको मैत्रीपूर्ण खेलमार्फत रोहन र निराजनले सिनियर टिमबाट डेब्यू गरेका हुन् ।

डुसानवेस्थित सेन्ट्रल रिपब्लिक रंगशालामा भएको खेलमा रोहनले पहिलो रोजाईमा खेल्दै डेब्यू गरे । गत फागुनमा मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल र बहराइनविरुद्धको विश्वकप छनोट खेलका लागि टिममा परेका रोहनले डेब्यूका लागि भने पर्खनुपरेको थियो ।

झापा कन्काइका रोहनले आरसी ३२ एफसीबाट सी डिभिजन लिगको कप्तानी गर्दै बी डिभजनमा बढुवा गराउन भूमिका खेलेका थिए । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीबाट खेलेका उनले उदीयमान खेलाडीको अवार्ड जितेका थिए ।

यस्तै यु-२० राष्ट्रिय टिमका फरवार्ड निराजनले भने वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै डेब्यू गरेका हुन् । उनी ७४औँ मिनेटमा जिलेस्पी जंग कार्कीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

निराजन पहिलो पटक राष्ट्रिय टिममा पर्दै ताजिकस्तान भ्रमण गएका थिए र पहिलो खेलमै डेब्यू गर्ने अवसर पाएका छन् । यसअघि पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश भएका उनी अन्तिम टिममा भने अटाएका थिएनन् ।

मनाङ मर्स्याङ्दीबाट ए डिभिजन लिग खेलेका निराजनले नेपाल सुपर लिग ९एनएसएल० मा बुटवल लुम्बिनी फुटबल क्लबबाट खेलेका थिए । ताजिकिस्तानसँगको खेलमा नेपाल ४-० गोलअन्तरले पराजित भएको थियो ।

  • Related Posts

    नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

    रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ ।  तालिमको प्रधानसेनापति अशोक राज सिग्देलले…

    स्रोत नखुलेको नगदसहित काठमाडौँबाट दुई जना पक्राउ

    काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८४० रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय