रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ५-१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । यस अघि राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले दुवै गोल गरेका थिए भने म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए ।

त्यसैगरी यस खेलमा खेलको २०औं मिनेटमा नै ब्रेनार्डो सिल्भाले रातो कार्ड पाएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।

अब क्वाटरफाइनलमा रियल म्याड्रिड एटलान्टा र बायर्नम्युनिखवीचको विजेतासँग खेल्ने छ । 

त्यस्तै पोचुगीच क्लब स्पोर्टिंग पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती बोडोलाई ५-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-३ को नतिजासहित स्पोर्टिंग क्वाटरफाइनलमा पुगेको हो । अब क्वाटरफाइनलमा स्पोर्टिंग आर्सनलसँग खेल्ने भएको छ ।

  • Related Posts

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आइपिएलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५…

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल ‘ए’ टोलीका लागि खेलाडी छनोट गरेको जनाएको छ । क्यानले मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा मे ६ देखि ११ सम्म अमेरिका र स्कटल्यान्डविरुद्ध…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 26 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 23 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 25 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 24 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 23 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 26 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन