दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २४ मंसिर । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २० वर्ष पुरा गरी गौरवमय रुपमा २१ औँ बर्षमा प्रवेश गर्ने अवसरमा आज वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार विहान ७ बजे देखि आयोजना भएको रक्तदान कार्यक्रममा २४ महिला सहित ३ सय जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताउनुभयो ।

रक्तदान गर्नेहरुमा नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंह, बीरगंज हेल्थ केयरका संचालक डा.अबुल हैस अंसारी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, रेडियो वीरगंजका आर.के पटेल, रामप्रवेश चौधरी, ओम मिश्र, विपिन साह, प्रदिप पंडित, प्रेम पटेल, पत्रकार शिवशंकर साह, माधुरी महतो, तबरेज अहमद, मनोहर सिंह, मुकेश ठाकुर, सुधिर कुशवाहा, बलिराम प्रसाद गुप्ता, महेश साह, लालबाबु मण्डल, सरोज पटेल, रामप्रसाद पटेल, प्रमोद साह, धिरज चौधरी, नुरेश अन्सारी, रवि प्रकाश, रामकिशोर प्रसाद कुशवाहा, हरिशंकर पटेल मुना राम, मनोज कुमार बजाज, ज्योति पंडित, सोनु कुमार साह, मनोज राम, कृष्ण माझी, रोशन चौधरी, सोनालाल राम, रामेश्वर राय, अशोक राम, सन्तोष घिमिरे, कृष्ण मुरारी राउत, राजेश यादव, समिर हुसेन, अविद अन्सारी, वृजकृष्ण यादव, संजिव मानन्धर लगायतले रक्तदान गरेका छन ।

यसैगरी रक्तदान गर्नेहरुमा निधिष अधिकारी, अभिषेक पाण्डे, धिरज अधिकारी, हरिलाल राम, गौरी शंकर पटेल, प्रदिप राउत, मनिष कुमार बर्मा, मनिष कुमार यादव, विधान तामाङ्ग, छोटेलाल साह, रितेश चौरसिया, शिवशंकर मिश्र, सुवास श्रेष्ठ, रामविनय चौधरी, लालबाबु पण्डित, ओम प्रकाश पाण्डे, गणेश पटेल, दिलिप चौधरी, चिरन्जीवी चौधरी, उमेश पण्डित, राहुल साह, विरेन्द्र प्रसाद साह, फिरोज अलि मुस्तफा, रामविनय पटेल, श्याम बाबु साह, विकेश कुमार, ज्ञान कुमार सिंह, चन्देश कुशवाहा, ओम प्रकाश सिंह, सिम्रन प्रसाद पटेल, गुन्जन लोहिया, मनोहर गोयन्का, राजबलि हजरा दुसाद, शिवजि साह, ध्रुव  प्रसाद गुप्ता, कृष्ण प्रसाद चौधरी, नेमलाल चौरसिया, जयलोक राम मिश्र, रम्भा साह, सानु बाबु ठाकुर, शिवलाल शर्मा, आविद हुसेन, नन्दलाल बैठा, छनु प्रसाद चौधरी, हिमाञ्चल चौधरी, महेन्द्र कुमार, भिखारी महतो, निषा श्रेष्ठ, सुनिता कुशावहा, राजु पटेल, सुमित्रा बोहरा, अजय साह, सुधा , विनोद पटेलले रक्तदान गर्नु भएको छ ।

त्यसैगरी रक्तदान गर्नेहरुमा मालती कुश्वाहा, सिकेन्द्र पटेल, प्रभु साह, रामकिशोर यादव, नारायण चौधरी, भोला साह, राममणी अधिकारी, पुष्प कुमारी, शम्भु मण्डल, अलि अहमद मिया, निर्जला यादव, अशोक गुप्ता लालबाबु, अजय प्रजापति, किशोर कुशवाहा, राजकिशोर साह, हरेन्द्र यादव, गोविन्द चौधरी, संदिप सर्राफ, राजन पन्त, मनोज गिरी, विराज पंडित, विनोद पंजियार, मनोहर सोनार, दिपेन्द्र कुमार चौधरी, सन्तोष यादव, अजय पंडित, प्रमोद गिरी, राजु दास, गौतम सर्राफ, सम्सुदिन अन्सारी, पुजा देवी साह, केदार कुमार चौधरी, दिनेश प्रसाद चौधरी, आमोद प्रसाद गुप्ता, रोविन कर्ण, रोविन्द्र कुमार साह, सन्जु देवी, राजन साह, विनोद यादव, रविन्द्र महतो, सामुल हुसेन, महम्मद कलाम, रवि कुशवाहा, हरेन्द्र यादव, अजय कुमार, विकेश पंडित, लिला मिश्र, देवन्ती साह, किशोर कलवार, रेश्मी मिश्र, अजहर मिया, अनिल कुमार श्रीवास्तव, नितेष राम, रामाकान्त लाल दास, मुकेश यादव, दिपेन्द्र महतो, नन्दुलाल दास, अशोक मेहता, गुड्डु कुमार, रक्षा दाहाल, अरविन्द कुमार महतो, रोहन मिया, राहुल कुमार कर्ण, दिनेश कुमार यादव लगायत ३ सय जनाले रक्तदान गर्नु भएको छ ।

त्यसैगरी रेडियो वीरगंज परिसरमा आएका रक्तदाता मध्ये वारा प्रसौनी निवासी विरेन्द्र कुशवाहाले ५३ औं पटक रक्तदान गर्नु भएको छ भने जसपाका जिल्ला सचिव तबरेज अहमदले ४७ पटक रक्तदान गर्नु भएको छ । यस पटक एकै परिवारका ४ जना देखि श्रीमान् श्रीमति सहित परिवारका टोली रक्तदानमा आउनेहरुको संख्या समेत उल्लेख्य रहेको थियो । यस पटक १८ बर्ष पुगेका युवा युवतीहरु पहिलो पटक रक्तदान गर्न आएको र उनिहरुको संख्या समेत उल्लेख्य रहेको थियो ।

रक्तदान कार्यक्रममा विशेष गरी तरुण दल वाराका अध्यक्ष एवं समाजसेवी लोकेश सिंह, जसपाका युवा नेता ईश्वर यादव, हरेन्द्र यादव, पन्नालाल लगायतको विशेष भूमिका रहेको थियो ।

कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य राजेश्वर साह तेली, जसपाका नेता मुकेश द्विवेदी, ब्लड डोनर्स एशोसिएशनका पर्सा जिल्ला अध्यक्ष अरविन्द सिंह, राजन श्रीवास्तव, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, ग्रिन सिटी सामुदायिक केन्द्रका जय प्रकाश खेतान, व्यवस्थित वीरगंज अभियानका दिलिप कार्की, स्वास्थ्यकर्मी जयमोद ठाकुर कालो झोला अनलाईन पत्रिका का मधेश प्रदेश व्यूरो प्रमुख दीपेन्द्र प्रजापति लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रमको समापनमा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहलाई २४ महिला सहित ३ सय जनाले रक्तदान गरेको प्रमाण पत्र रक्त संचार केन्द्रको तर्फबाट हस्तान्तरण गर्नु भएको थियो । समापन कार्यक्रममा रेडियो बीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रममा सहभागि सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै छोटो समयमा गरिएको तयारीमा रक्तदाताहरुको उल्लेख्य उपस्थितिले आफूलाई थप उर्जा मिलेको बताउनुभयो ।

कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।