दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०४ माघ । अस्थायी प्रहरी पोष्ट, घण्टाघर बाट खटिएको चेकिङ टोलीले मंगलबार दिउँसो करिब ०२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्डमा BR 05 AE 9343 नम्बरको स्कुटरमा दुई जना व्यक्तिरू संकाष्पद रुपमा सवार भई गईरहेको अवस्थामा स्कुटर रोकी चेक जाँच गर्ने क्रममा स्कुटरमा सवार पछाडी बस्ने बीरगंज महानगरपालिका वडा नं. १९, मनियारी बस्ने बर्ष १९ को सुवास कुमार साहले बोकेको झोला तलासी लिँदा उक्त झोला भित्र हजार, पाँचसय तथा सय दरका रु. २२ लाख ५० हजार नेपाली रुपैया भेटिएको र उल्लेखित रुपैयाँहरूको  श्रोत खुलाउन नसकेको हुँदा स्कुटी चालक बीरगंज महानगरपालिका कै वडा नं. १६, नगवा बस्ने बर्ष ३४ को विकाश कुमार साह सहित दुवै जनालाई नियन्त्रणमा लिई उल्लेखित नम्बरको  स्कुटी र निजहरुले प्रयोग गरेको मोबाईल दुई थान सहित बरामद गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बुधबार बताएका छन् ।