दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १० माघ । ईलाका प्रहरी कार्यालय, पोखरिया का प्रहरी निरीक्षक आयुश प्रसाद जोशी को कमाण्डमा खटिएको टोलीले  सोमबार साँझ करिब ०५:०० बजेको समयमा  पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं. ०१, मुडली स्थित सडकखण्डमा विभिन्न सवारी साधन तथा पैदलयात्रुहरूलाई चेकजाँच गर्ने क्रममा BR 28 K 4919  नम्बरको Hero Honda मोटरसाईकललाई रोकी जाँच गर्दा भारतको विहार राज्य, जिल्ला गोपालगञ्ज थाना गोपालगञ्ज तथा ग्राम जगरी टोल बस्ने वर्ष ५५ को शम्भु सहनीले उक्त मोटरसाइकल को सिटमुनी फल्स बटम बनाई कालो ब्यागभित्र हरियो प्लाष्टिकले वेरी राखेको अवस्थामा प्रतिबन्धित लागु औषध गाँजा ७ के.जी.  फेला परेको हुँदा उल्लेखित लागु औषध ससहित मोटरसाइकल र शम्भु सहनीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा मंगलबार पर्सा जिल्ला अदालत बाट चार दिनको म्याद थप अनुमति प्रदान गरि  अनुसन्धान अगाडि बढाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।