दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १२ असोज । प्रहरी चौकी, मिलन चौकले मंगलबार अपरान्ह करिब ०१:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ मिलनचोक स्थित सडक खण्ड बाट एक जना मानिस र दुई जना महिला सहित ५ किलो ९ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा आफ्नो नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा जितपुरबाट विरुवागुठी तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ह ९७५ नम्बरको सार्वजनिक ट्याम्पो रोकी कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त ट्याम्पोमा सवार मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ०१ बस्ने वर्ष ३५ को सिमोन चेपाङको जेब्रा झोला भित्र अवैध लागु पदार्थ (गाँजा) फेला परेको र निजसंगै रहेकी निजको श्रीमती भनिएकी सोही जिल्लाको कैलाश गाउँपालिका वडा नं. ०८ की सितामाया प्रजा र सिमोन चेपाङको वहिनी भनिएकी मकवानपुर जिल्लाकै कैलाश गाउँपालिका वडा नं. ०८ हाल चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ०१ बस्ने इन्द्र माया चेपाङको प्रारम्भिक अनुसन्धानमा उक्त अवैध लागु औषध (गाँजा) ओसार पसारमा संलग्न देखिएको हुँदा उलेखित विवरणका तिनै जनालाई कानुनी रीत पुर्‍याई ५ किलो ९ सय ग्राम गाँजा बरामद तथा निजहरूलाई पक्राउ गरी पर्सा जिल्ला अदालतवाट जरुरी पक्राउ पुर्जीमा समर्थन गराई थप अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।