दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ फागुन । प्रहरी चौकी, ईनर्वा पर्साले सोमबार राति करिब १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, शंकराचार्य गेट स्थित सडक खण्ड बाट प्रतिवन्धित लागु औषध सहित दुई जना मानिस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति त्यहाँ बाट खटिएको चेकिङ टोलीले भारतको रक्सौल बाट वीरगञ्ज तर्फ आउँदै गरेको सवारी साधन तथा पैदल यात्रीहरूलाई कानूनी रीतपुर्‍याई खान तलासी गर्ने क्रममा मकवानपुर जिल्लाको हेटौडा उप महानगरपालिका वडा नं. ०४ बस्ने वर्ष ३२ को गणेश घिमिरेको साथ बाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र मकवानपुर जिल्ला कै बकैया गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३५ को बिकाश भोलनले लगाएको जिन्स पाइन्टको खल्तीमा लुकाई छिपाइ राखिएको लागु औषध नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ४५ सेट फेला हुँदा उल्लेखित लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा मंगलबार जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले ले बताएका छन् ।