दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १२ पुष । वडा प्रहरी कार्यालय, बिर्ता ले शनिबार साँझ करिब ०५:०० बजेको समयमा मोटरसाइकल चोरी गर्ने चार जना मानिसहरू लाई आठ वटा मोटरसाइकल सहित आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं. ०४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२-०३-००७ प १७६६ नम्बरको मोटरसाइकल वीरगञ्ज महानगरपालिका वडा नं. ०८ स्थित नेपाल टेलिकम दुरसंचार कार्यालय अगाडी पार्किङ गरी राखिएको अवस्थाबाट बीरगंज महानगरपालिका वडा नं. २६ बस्ने बर्ष २० को राम प्रवेश पटेलले मास्टर साँचोको प्रयोग गरी लक तोडी चोरी गरी संकाष्पदरूपमा जाँदै गरेकोले त्यहाँ बाट खटिएको गस्ती टोलीले उल्लेखित नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिइ निजलाई प्रारम्भिक अनुसन्धान गर्दा सोही ठाउँ बस्ने बर्ष २६ को अशोक पटेल, वडा नं. २४ बस्ने बर्ष २० को आकाश तिवारी तथा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारण, रतनपुर बस्ने बर्ष १९ को शिवम् पाण्डे को संलग्नतामा बिभिन्न मिति, समय र स्थानहरूबाट चोरी गरेको ना. ५२ प ५०२४, ना. २७ प ७८४७, ना. ११ प ११२१, ना. ५३ प ७१०६, ना. ३७ प ९८१८, ना. ४६ प ८६२७ र म. प्र. ०३-००८ प ७१८६ नम्बरको मोटरसाईकलहरू बरामद गरी अन्य तिन जना व्यक्तिहरूलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ सोमबार चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद लिइ थप अनुसन्धान भैरहेको कुरा वडा प्रहरी कार्यालय, बिर्ता का प्रमुख प्रहरी निरीक्षक विकास मल्लले बताएका छन् ।