दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १२ माघ । वडा प्रहरी कार्यालय, बिर्ता ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा टेन्टका सामानहरू बोकेको एउटा पिकअप गाडी लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

मंगलबार वीरगञ्ज बाट हेटौडातर्फ गईरहेको सूचना प्राप्त हुनासाथ त्यहाँ बाट खटिएको टोलीले बुधबार वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईनर्वाचोक स्थित सडक  खण्ड बाट  मधेश प्रदेश ०३-००१ च ६५०० नम्बरको पिकअप गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. १० लाख १५ हजार बराबरको पिकअप गाडी र सो भित्र लोड रहेको लत्ताकपडा तथा टेन्टका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा बिहीबार प्रहरी निरीक्षक विशाल मल्लले बताएका छन् ।