दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १६ पुष । नेपाल प्रहरी संगठनको केन्द्रिय निती तथा नेपाल प्रहरीको कार्ययोजना २०८० बमोजिम सबै प्रहरी चौकीहरुमा Fire Extinguisher तथा Weapon Clearing Pit को व्यवस्था गर्ने प्रावधान रहेको छ । सोही योजना अनुरुप वडा प्रहरी कार्यालय, बिर्ता लगायत वडा प्रहरी कार्यालय मातहतका प्रहरी चौकी घण्टाघर, प्रहरी चौकी नगुवा, प्रहरी चौकी भकुवा, प्रहरी चौकी इनरवा गाउँ, प्रहरी चौकी आदर्शनगर, प्रहरी चौकी इनरवा, प्रहरी चौकी छपकैया, ग्रिनसिटी सामुदायिक प्रहरी बिट छपकैया तथा प्रहरी चौकी गणेशटोलमा Fire Extinguisher तथा Weapon Clearing Pit को व्यवस्था गरिएको छ ।

नेपाल प्रहरीको कार्ययोजना २०८० अनुसारको fire Extinguisher तथा Weapon Clearing Pit को चौकी स्तरमा राख्नुपर्ने लक्ष्य वडा प्रहरी कार्यालय, विर्ताले पुरा गरेको छ, अब सानो तिनो आगलागीको लागि दमकल कुरी राख्नुनपर्ने भएको छ र “सबै चौकीहरुले हतियार छड्‌काउदा Weapon Clearing Pit को प्रयोगले थप सुरक्षित भएका छौं ” वडा प्रहरी कार्यालय, विर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । यसका साथै वडा प्रहरी कार्यालयले १३ वेटा CCTV Camera तथा थुनुवा कक्षमा लाईब्रेरी समेत बनाएको जानकारी समेत प्रहरी निरिक्षक बोगटीले दिनुभयो ।