दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ फागुन । वडा प्रहरी कार्यालय, विर्ता ले शनिबार साँझ करिब ०६:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईदगाह चोक स्थित सडक खण्डमा भारत बाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको खाद्यान्न लगायतका मालबस्तुहरू आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त साँझ चोरी पैठारी गरी ल्याएका सामानहरू वीरगञ्ज घण्टाघर तर्फ ल्याउदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएको हुँदा सो मालबस्तुहरू चिनी ५ सय ६३ के.जी., खजुर १९ के.जी., डिउ १६ पिस, सुजी ३५ के.जी. र जुत्ता ४० जोर गरि जम्मा अंदाजी मूल्य रू. १ लाख २६ हजार १ सय  ५ बराबरको वेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि आईतबार वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा प्रहरी निरीक्षक पुष्कर बोगटीले बताएका छन् ।