दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ बैशाख । वडा प्रहरी कार्यालय, विर्ता ले शुक्रबार बिहान करिब ०९:०० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १६ स्थित रहेको मितेरी पुल सडक बाट एउटा मोटरसाइकल सहित दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान करिब ०८:३० बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. ०२, छप्कैया टोल स्थित आफ्नो घर अगाडी अब्दुल कौशर आलमले पार्कीङग गरी राखेको ना. ६ प. ५४७५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल चोरी भएकोमा सो मोटरसाईकल खोज तलाश गर्दै जाँदा शुक्रबार बिहान करिब ०९:०० बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. १६ स्थित मितेरीपुल स्थित सडकमा यस कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले सो चोरीको ना. ६ प. ५४७५ नंवर को सुपर स्प्लेण्डर मोटरसाईकल सोही र टोल बस्ने शेख सागिरको छोरा अंदाजी बर्ष २० को शेख गुफरानले चलाई रहेको तथा सोही ठाउँ बस्ने शेख गफुरको छोरा बर्ष २३ को शेख असरफ पछाडी बसी बिचमा नेपालबाट चोरी गरेका ई-रिक्साको चार्जर १ थान, ई-रिक्साको चार्जरमा लाग्ने क्वायलको रोल २ थान, टावर लाईटको ब्याट्री राख्ने फलाम बक्स १ थान र ई-रिक्साको चार्जरको ब्याट्रीको खोल १० थान राखी भारत तर्फ बिक्री गर्न जादै गरेको अवस्थामा फेला पारी कारवाहीको लागी तालुका जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाईएको कुरा प्रहरी निरीक्षक पुष्कर बोगटीले बताएका छन् ।