काठमाडौँ, १४ वैशाख । विद्युत नियमन आयोगले आज शुक्रबार विद्युत महसुल निर्धारणका सम्बन्धमा सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगका इन्जिनियर विशाल श्रेष्ठका अनुसार महसुल निर्धारणका लागि बुटवल पावर कम्पनीले पेस गरेको निवेदनका सम्बन्धमा आयोगको ऐनअनुसार सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

स्याङ्जा जिल्लाको पुतलीबजारमा रहेको सिटीहलमा आज दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म हुनेछ । आयोगले सार्वजनिक सुनुवाईमा स्थानीय बासिन्दा, सरोकारवाला तथा सम्बन्धित सबैलाई उपस्थित हुन अनुरोध गरेको छ । आयोगले विद्युत नियमन आयोग सार्वजनिक सुनुवाई सञ्चालन निर्देशिका, २०७६ अनुसार तपसिल बमोजिम सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने भएकाले उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, सञ्चार माध्यम, स्थानिय तहका प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरुलाई सो कार्यक्रमा सहभागी हुन आह्वान गरेको छ ।