विश्वप्रकाश भन्छन्- बहुमत हुन बहुसंख्या हुनैपर्छ, उत्तर कोरियामा बाहेक सबै देशमा यहि हुन्छ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अध्यादेशबाट संबैधानिक परिषदमा बहुमतको ब्याख्या गलत भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उपसभापति शर्माले बहुमत भनेको बहुसंख्यक नै हुनुपर्छ भन्दै सर्वोच्च अदालतको ब्याख्याको पालना सबैले गर्नुपर्ने बताएका छन् ।

उनले उत्तर कोरियामा बाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यतामा यहि हुन्छ भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्- ‘संविधानको धारा १२८(४) भन्छ- सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ ! अर्थात बहुमत हुन बहुसंख्या हुनैपर्छ । उत्तर कोरियामा बाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यता स्पष्ट रुपमा यहि नै हो ।’

संबिधानमा संबैधानिक परिषदमा ६ जना रहने व्यवस्था छ भने प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कानुनमन्त्रीसमेत रहने गरी ७ सदस्यीय हुने गर्दछ । तर सरकारले ४ जनाको उपस्थितिमा बैठक बस्न सक्ने र ३ जनाको सहमतिमा प्रस्ताव पारित हुनसक्ने गरी अध्यादेश ल्याएर यसअघिको व्यवस्था संशोधन गरेको छ ।

  • Related Posts

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ ।  दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक,…

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गर्ने…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 180 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 46 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 42 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 42 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 42 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु