दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १८ माघ । वीरगंज महानगरपालिका कार्यपालिकाको कार्यालय द्वारा बजार व्यवस्थापन तथा अनुगमन समितिको बैठक सम्पन्न भएको छ ।

बुधबार बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक उप प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकमा विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साथै बैठकमा बजारको सम्पुर्ण पसलमा खाद्यान्न समाग्रीको म्याद समाप्ति मिति चेक गरि कार्वाहीको दायरामा ल्याई कार्वाही गर्ने बैठकमा छलफलमा निर्णय गरिएको छ ।

त्यस्तै बजार व्यवस्थापन तथा अनुगमनका कार्य तिव्र गतिमा बढाउने वीरगंज महानगरपालिका कार्यालयको वजार व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एंव उप प्रमुख इम्तियाज आलमले बताएका छन् ।

उक्त बैठक बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम को कार्यकक्षमा सम्पन्न भएको थियो ।