शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकता- शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकता भएको बताएका छन् ।

मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशभरको शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

सरकारको प्रवक्ता समेत रहनुभएका शिक्षामन्त्री पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रको सुधार क्रमशः हुदै जाने बताए । पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने उनको भनाई छ । 

उनले भने- ‘विगतमा पहुँच कम भएका विद्यालय÷विश्वविद्यालयहरु बढी प्राथमिकतामा सरकारले राख्ने छ । आगामी पाँच बर्षभित्र क्रमशः हरेक क्षेत्रमा सुधार गर्दै जाने छौं । पुहँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइँने छ ।’

मन्त्री पोखरेलले सरकारको प्राथमिकताका विषयलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

उनले भने- ‘अबको पाँच बर्ष नेपालका लागि टेष्ट पिरियड हो । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद सबै क्षेत्रको आ–आफ्नै महत्व छ । हामी सबै साझेदार भएर काम गर्नुपर्छ ।’

यसअघि आजै शिक्षामन्त्री पोखरेलले धनगढिस्थित फाप्ला क्रिकेट मैदानको निरीक्षण गर्नुका साथै खेलाडीहरुसँग अन्तरक्रियासमेत गरेका थिए । सो अवसरमा शिक्षामन्त्री पोखरेलले फाप्ला क्रिकेट रङ्गशालालाई विश्वसँग जोड्न राज्यले विशेष महत्व दिएको उल्लेख गरे । 

उनले भोलि बुधबार कैलालिको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा अर्थात् सिनेट बैठकको अध्यक्षता गर्ने तथा विभिन्न शैक्षिक तथा खेलकुद क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

  • Related Posts

    जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएस विवाद: निर्णय फिर्ता लिन डा. गोविन्द केसीको चेतावनी

     डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐनविपरीत जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्ना गराउने निर्णय फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् । आइतबार विज्ञप्ति जारी गरेर डा. केसीले निर्णय फिर्ता नलिए सत्याग्रहसहितको…

    अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने सरकारको घोषणा

    सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आवासीय विद्यालय स्थापना गर्नका लागि सातै प्रदेशमा…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    • April 14, 2026
    • 88 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    • April 13, 2026
    • 38 views
    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    • April 13, 2026
    • 28 views
    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    • April 13, 2026
    • 28 views
    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    • April 13, 2026
    • 30 views
    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !

    • April 13, 2026
    • 28 views
    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !