जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएस विवाद: निर्णय फिर्ता लिन डा. गोविन्द केसीको चेतावनी

 डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐनविपरीत जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्ना गराउने निर्णय फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् ।

आइतबार विज्ञप्ति जारी गरेर डा. केसीले निर्णय फिर्ता नलिए सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।

सरकारले जेनजी आन्दोलनका घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस पढाउने निर्णय मेरिटको आधारमा मात्र चिकित्सा शिक्षामा भर्ना पाउने कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ ।

यसैबीच शनिबार शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर शाहलाई एमबीबीएसमा भर्ना गराउने निर्णय नियमविपरीत नभएको दाबी गरेको थियो । उक्त अभिव्यक्तिपछि डा. केसीले विज्ञप्ति जारी गरेर सरकारले कानुन पढेको कि पेलेरै जाने खोजेको हो भनेर प्रश्नसमेत गरेका छन् । 

डा. केसीले एकता शाहलाई भर्ना लिने गैरकानुनी निर्णय र शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन् ।

शिक्षा मन्त्रालयले भने शाहलाई निःशुल्क छात्रवृत्ति कोटाबाहेक अतिरिक्त कोटाको रुपमा विशेष छात्रवृत्ति कोटामा मनोनयन गरी बजेटको समेत व्यवस्था गरिएको जनाएको छ । उक्त निर्णयले अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको मन्त्रालयको दाबी छ । शाहले एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ५७.७ अंक प्राप्त गरेकी थिइन् । उनी मेरिटमा पछाडि रहेकाले ऐनको व्यवस्थाअनुसार भर्ना हुन नपाउने देखिन्छ ।

  • Related Posts

    शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकता- शिक्षामन्त्री पोखरेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकता भएको बताएका छन् । मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशभरको शिक्षा क्षेत्रको सुधारका…

    अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने सरकारको घोषणा

    सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आवासीय विद्यालय स्थापना गर्नका लागि सातै प्रदेशमा…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 28 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 21 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 23 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 21 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 138 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 20 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ