संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

काठमाडौँ । नेपालको संविधान जारी भएको १० वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्यांकन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ ।

प्रजातान्त्रिक विचार समाजद्वारा आज आयोजित ‘बधाई तथा सम्मान कार्यक्रमसहित संविधान संशोधन’ विषयक छलफलका अवसरमा वक्ताहरूले प्रजातान्त्रिक मूल्यमान्यता र समावेशी सिद्धान्तलाई आत्मसात् गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा राखी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) जस्ता दुई ठूला राजनीतिक दल सम्मिलित सरकार गठन भएको विद्यमान सन्दर्भमा बौद्धिक जगत्सहित आम नागरिकबाट ठोस राय-सुझावको अपेक्षा गरिएको उनीहरूले बताए ।

शिक्षा, स्वास्थ्य, समाजसेवालगायत अधिकांश क्षेत्रमा अस्वस्थ, गैर जिम्मेवार एवं विवेकहीन राजनीति हाबी भएको चर्चा गर्दै वक्ताहरूले समयसापेक्ष एवं जनमुखी संविधानका पक्षमा वकालत गर्नुपर्ने धारणा व्यक्त गरे ।

अहिले शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय संस्थाजस्ता सेवामूलक क्षेत्रमा समेत राजनीतिक गतिविधिले प्रश्रय पाउनु दुःखद भएको धारणा व्यक्त गर्दै वक्ताहरूले पेसा-व्यवसायका रूपमा भन्दा सेवा भावसहितको संस्कारयुक्त राजनीतिक प्रणाली स्थापनाका पक्षमा उभिन समग्र देशवासीसँग अनुरोध गरे ।

सो अवसरमा दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत प्राध्यापक कपिल श्रेष्ठले प्रजातन्त्र र मानव अधिकारलाई सदैव आत्मसात् गरी आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै देश र जनताको पक्षमा पदीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले मुलुकको न्याय, प्रशासन, धर्म, संस्कृति, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा देखिएका विकृति, विसंगति, ढिलासुस्तीको न्यूनीकरण एवं अन्त्यसहित राजनीतिक स्थायित्व, सुशासन र समृद्धिका लागि संविधान संशोधन हुनुपर्ने धारणा व्यक्त गरे ।

संविधानसभा सदस्य जनदीशनरसिंह केसीले विद्यमान संविधानका कारण देशमा समस्या सिर्जना भएको हो भने संशोधनका लागि बौद्धिक गतबाट नेतृत्वदायी भूमिका निर्वाह हुनुपर्ने धारणा व्यक्त गर्दै व्यावहारिक एवं वस्तुनिष्ट ढंगबाट सुझाव दिन सम्बद्ध सबैसँग अनुरोध गरे ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्ले र निवर्तमान अध्यक्ष डा. केदारनरसिंह केसीले केही संवैधानिक प्रावधान, शासकीय स्वरूप र शासन सञ्चालन विधि, कानुनी राज्य, शक्ति बाँडफाँटलगायतका मुद्दामा विभिन्न कोणबाट प्रश्न उठ्न थालेको यथार्थलाई मध्यनजर गरी संविधान संशोधनका पक्षमा आवश्यक बहस पैरवी गर्नुपर्ने समय आएको बताए ।

कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका सल्लाहकार प्रा श्रेष्ठ दक्षिण अफ्रिकाका लागि राजदूत पदमा नियुक्त हुनुभएकामा बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो ।

  • Related Posts

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ। ९७ वर्षको उमेरमा बुधबार प्रधानको निधन भएकाले आज सर्वोच्चको इजलास नबस्ने भएको छ ।  सर्वोच्चले सुचनामा भनेको छ- ‘…

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’…

    पहिलो

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    • May 21, 2026
    • 23 views
    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 37 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 45 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 37 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 53 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 84 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-