सवारी ज्यान मुद्दाका फरार प्रतिवादीहरु १६ बर्ष पछि पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सवारी ज्यान मुद्दाका फरार दुई जना प्रतिवादीहरुलाई १६ वर्ष पछि आफ्नो नियन्त्रणमा लिएको छ ।

मिति : २०६४ साल बैशाख १४ गते छठु साह तेलीले चलाई लगेको ना. १ ह ९०७ नम्बरको टेम्पोले ठक्कर दिई राजेन्द्र साह सोनारको मत्यु भएको घटनामा कलावती देबी सोनारी ले दिइएको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी छठु साह तेली भएको सवारी ज्यान सम्बन्धी कसूर मुद्दामा वारदात पश्चात् फरार रहेका निज प्रतिवादीलाई यस कार्यालय बाट खटिएको बिशेष टोलीले आईतबार दिउँसो करिब ०३:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौं बाट पक्राउ गरी सवारी ज्यान कसूरमा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

यसै गरि मिति : २०६४ साल, कार्तिक ०३ गते चन्दु राउत कुर्मीले चलाई लगेको ना. ३ प ९७१८ नम्बरको मोटरसाइकल दुर्घटना भई होरिल राउत कुर्मीको मृत्यु भएको घटनामा आदेश प्रसाद कुर्मी ले दिइएको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चन्दु राउत कुर्मी भएको सवारी ज्यान सम्बन्धी कसूर मुद्दामा वारदात पश्चात् फरार रहेका निज प्रतिवादीलाई यस कार्यालय बाट खटिएको बिशेष टोलीले बिहान करिब १०:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २५, सिर्सिया बाट पक्राउ गरी सवारी ज्यान कसूरमा पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा मंगलबार सूचना अधिकारी लम्साल ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि