सवारी ज्यान मुद्दाका फरार प्रतिवादीहरु १६ बर्ष पछि पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सवारी ज्यान मुद्दाका फरार दुई जना प्रतिवादीहरुलाई १६ वर्ष पछि आफ्नो नियन्त्रणमा लिएको छ ।

मिति : २०६४ साल बैशाख १४ गते छठु साह तेलीले चलाई लगेको ना. १ ह ९०७ नम्बरको टेम्पोले ठक्कर दिई राजेन्द्र साह सोनारको मत्यु भएको घटनामा कलावती देबी सोनारी ले दिइएको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी छठु साह तेली भएको सवारी ज्यान सम्बन्धी कसूर मुद्दामा वारदात पश्चात् फरार रहेका निज प्रतिवादीलाई यस कार्यालय बाट खटिएको बिशेष टोलीले आईतबार दिउँसो करिब ०३:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौं बाट पक्राउ गरी सवारी ज्यान कसूरमा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

यसै गरि मिति : २०६४ साल, कार्तिक ०३ गते चन्दु राउत कुर्मीले चलाई लगेको ना. ३ प ९७१८ नम्बरको मोटरसाइकल दुर्घटना भई होरिल राउत कुर्मीको मृत्यु भएको घटनामा आदेश प्रसाद कुर्मी ले दिइएको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चन्दु राउत कुर्मी भएको सवारी ज्यान सम्बन्धी कसूर मुद्दामा वारदात पश्चात् फरार रहेका निज प्रतिवादीलाई यस कार्यालय बाट खटिएको बिशेष टोलीले बिहान करिब १०:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २५, सिर्सिया बाट पक्राउ गरी सवारी ज्यान कसूरमा पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा मंगलबार सूचना अधिकारी लम्साल ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १२ चैत । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेश बहुअर्वा भाठ्ठाले सोमबार प्रतिवन्धित लागु औषध गाँजा आफ्नो नियन्त्रणमा लिएको छ । उक्त दिन त्यहाँ बाट…

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ११ चैत । वीरगंजमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बस पार्क…

    पहिलो

    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    • March 25, 2025
    • 43 views
    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    • March 24, 2025
    • 46 views
    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    • March 23, 2025
    • 37 views
    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    • March 21, 2025
    • 42 views
    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 59 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 32 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-