दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०८ भदौ । सवारी दुर्घटनामा परी पर्सामा बुधबार दिउँसो करिब ०४:३० बजेको समयमा एक जनाको मृत्यु भएको छ ।

पर्साको ठोरी गाउँपालिका वडा नं. ०४ स्थित भित्री सडक खण्डको सिकारी बाँस पुल नजिक आफै चलाई रहेको प्रदेश २-०३-०११ प १४८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भैसकेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरी सहितको अनुसन्धान अधिकृतको टोली घटनास्थलमा पुगी हेर्दा वीरगञ्ज महानगरपालिका वडा नं. ०२ बस्ने वर्ष ४५ को जगदिप बिष्टको उल्लेखित स्थानमा सडक दुर्घटना बाट मृत्यु भैसकेको पाएकोले घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।