दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १८ कार्तिक । पर्सा जिल्लाको बीरगंजमा रहेको एकिकृत जाँच चौकी (I C. P.) मा बिहीबार राति करिब ०६:३० बजेको समयमा एक भारतीय ट्रक चालकको दुर्घटनामा परी मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सा का अनुसार २ नम्बर गेटको पार्किङ एरियामा PB 12 M 8149 नम्बरको ट्रक पार्किङ गरी पैदल हिडिरहेका ट्रक चालक भारतको बिहार राज्य जिल्ला गोपाल गंज थाना बरैली बस्ने अंदाजी बर्ष ३० को अशोक यादवलाई NL 01 AD 4738 नम्बरको कन्टेनरले व्याक गर्ने क्रममा ठक्कर दिई दुवै खुट्टा किची गम्भीर चोट लागि घाईते भएकोले निजलाई उपचारको लागी एल.एस.न्युरो अस्पताल वीरगञ्जमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी रिफर भई नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भई रहेकोमा आज सोही दिन बेलुका ०८:०० बजेको समयमा उपचारको क्रममा निज अशोक यादवको मृत्यु भएकोले उक्त कन्टेनर सहित चालक देश भारत कै उत्तर प्रदेश जिल्ला बरैली थाना सि.डी.जंग बस्ने अंदाजी वर्ष ५० को अजद रजालाई नियन्त्रणमा लिई मृतकको लास जाँच प्रकृती मुचुल्का सम्पन्न गरी पोष्ट मार्टमकोलागी नारायणी अस्पताल वीरगञ्जमा पठाई थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले शुक्रबार बताएका छन् ।