दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १७ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नं. ३२, चोर्नी स्थित ना ६ त ५५०२ नम्बरको ट्याक्टरले माटो खसाली व्याक गर्ने क्रममा पैदल यात्रा गरिरहेका सोही ठाउँ बस्ने बर्ष ५९ को चोकट महतोलाई कार्तिक १३ गते बिहान करिब ०९:४५ बजेको समयमा ठक्कर दिई टाउकोमा गम्भीर चोट लागि घाईते भएकोले निजलाई उपचारको लागी नेपाल मेडिसिटि बयोधा अस्पताल वीरगञ्जमा ल्याई उपचार भई रहेकोमा बिहीबार विहान ०५:५० बजेको समयमा उपचारको क्रममा निजको मृत्यु भएको हुँदा उक्त ट्याक्टर चालक सोही ठाउँ बस्ने अन्दाजी वर्ष २० को धर्मेन्द्र यादव दुर्घटना पश्वात फरार रहेकोमा निजलाई खोजतलास गरी नियन्त्रणमा लिई मृतकको लास जाँच प्रकृती मुचुल्का सम्पन्न गरी पोष्ट मार्टमको लागी नारायणी अस्पताल वीरगञ्ज पठाई थप अनुसन्धान कार्य भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।