दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ चैत । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले बीरगंज महानगरपालिका वडा नं. १६, भन्सार मेनगेट स्थित बाट भारत बाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको विभिन्न किसिमका सामानहरु बरामद गरेको छ ।

आज त्यहाँ बाट खटिएको  गाडी मोबाईल टोलीले अबैध रुपमा भारत बाट भन्सार छलि बिभिन्न सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ४ लाख ८८ हजार ४ सय ६८ बराबरको किराना सामान, लत्ता कपडा, काजु, हार्डवेयर, खेलौना र कस्मेटिक सामान छाडि ब्यक्तिहरु भागि गएको हुदाँ उक्त सामान बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

यसै गरी अबैध रुपमा भारत बाट नेपाल तर्फ ना. ५ प ८३५ नम्बरको हिरो होण्डा मोटरसाईकल मा राखी ल्याउदै गरेको मुल्य रु. ३ हजार बराबरको ५० केजी चिनि र मोटरसाइकल को मुल्य रु. ६० हजार गरी जम्मा मुल्य रु. ६३ हजार बराबरको चिनि र मोटरसाइकल छाडी ब्यक्ती भागि गएको हुदाँ उक्त मोटरसाइकल र चिनि बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताएका छन् ।

साथै आजै बीरगंज महानगरपालिका वडा नं. २५, चण्डाल चौकमा ICP बाट खटि गएका टोलिले भारत बाट अवैध रुपमा भन्सार छली टाउकोमा बोकी नेपाल तर्फ ल्याउदै गरेको  मुल्य रु. ९९ हजार बराबरको हार्डवेयरको समान छाडी व्यक्ति भागी गएको हुदा उक्त सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी  बिरगंज भन्सार कार्यालयमा बुझाईएको कुरा पनि सूचना अधिकारी श्रेष्ठले बताएका छन् ।