दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २२ भाद्र  सशस्त्र प्रहरी बल नेपाल, बी. ओ. पी. बीरगंज ले      मंगलबार दिउँसो करिब ०२:३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार रोड स्थित बाट एक अबैध भारतीय कार लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

त्यहाँ बाट खटिएको ०७ जनाको गाडी मोबाईल टोलिलाई देखी BR 06 AV 5914 को ह्युण्डाई इयोन सवारी साधन (सेतो रंगको कार) सोहि स्थानमा छोडी सवारी चालक भागेकोले उक्त गाडी चेकजाँच गर्दा मिति : २०७९ बैशाख २६ गते देखि २८ गते सम्म मात्र गौर भन्सार कार्यालय रौतहटबाट प्रज्ञापन पत्र बनाई नेपाल प्रबेश गरी ११८ दिन सम्म अबैध रुपमा नेपालमा बसेको पाईएको हुदाँ मुल्य रु. २० लाख बराबरको उक्त कार नियन्त्रणमा लिई विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष कुमार बस्नेत ले बताएका छन् ।