दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०४ आश्विन । सशस्त्र प्रहरी बल नेपाल, बी. ओ. पी. बीरगंज ले सोमबार बिहान करिब ०९:०० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सार सडक खण्ड बाट एक भारतीय स्कार्पियो गाडी लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

त्यहाँ बाट खटिएको ०७ जनाको गाडी मोबाईल टोलिलाई देखि भारतीय नम्बर BR 30 AE 9189, ईन्जिन नं. GMB4G58142 र चेचिस नं. MA1TA2GMKB2G15957 को भारतीय गाडी (स्कार्पियो) छाडि सवारी चालक भागि गएको हुँदा उक्त गाडी चेक जाँच गर्दा यहीं असार ३२ गते एक दिनको लागी मात्र गौर भन्सार कार्यालय, रौतहट बाट राजश्व तिरी प्रज्ञापन पत्र बनाई नेपाल प्रबेश गरेकोमा साउन ०१ गते देखी हाल सम्म ६५ दिन सम्म अबैध रुपमा नेपालमा बसेको पाईएको हुदाँ उक्त गाडी लाई रु. ३५ लाख बराबरको मूल्याङ्कन गरि आवश्यक कारवाहीको लागि मंगलबार वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष कुमार बस्नेत ले  बताएका छन् ।