दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ११ असोज । सशस्त्र प्रहरी बल नेपाल, बि. ओ. पी. ठोरीले आईतबार साँझ करिब ०५:३० बजेको समयमा प्रतिवन्धित लागुऔषध NITRAVET-10 सहित एक यात्रुबाहक बस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्साको ठोरी गाउँपालिका वडा नं. ०२ स्थित रहेको वि. ओ. पि. ठोरीको मुलगेट अगाडि खटिएको ०५ जना टोलीले विशेष सुचनाको आधारमा सुवर्णपुर बाट ‍काठमाण्डौ तर्फ जाँदै गरेको ना.६ ख. ४०१ नम्बरको THORI METRO नामक नाईट बसलाई चेक जाँच गर्ने क्रममा बसको क्याबिनमा रहेको चालक बस्ने सिटको पछाडिको सिट मुनी २ प्याकेट ३ हजार नाइट्रोभेट ट्याब्लेट्स र चालकको बायाँ पट्टि रहेको क्याबिनको लामो सिट मुनी १ प्याकेट १ हजार ५ सय NITRAVET-10 Tablets प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त प्रतिबन्धित लागु औषध जम्मा ४ हजार ५ सय ट्याब्लेट्स ३ सय पत्ता फेला परेको हुँदा उक्त लागु औषध, बस सहित चालक र सह चालक द्वय चितवन जिल्लाको माडी नगरपालिका वडा नं. ०८, अयोध्यापुरी बस्ने गंगा बहादुर सुनार को छोरा अंदाजी वर्ष ४४ को लाल बहादुर सुनार तथा जिवनपुर बस्ने बिनोद कुमार दर्जीको छोरा अंदाजी वर्ष २५ को बासुदेव दर्जी लाई नियन्त्रणमा लिई आबश्यक कारबाहिको लागि ईलाका प्रहरी कार्यालय, ठोरीमा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष कुमार बस्नेत ले बताएका छन् ।