दीपेन्द्र प्रजापति/कालो झोला ।

सर्लाही, ३० कार्तिक । बुधबार राति करिब ०७:३० बजेको समयमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका वडा नं. ११ को गम्हरिया स्थित गंगा पेट्रोल पम्पमा बेवारिसे अवस्थामा रोकि राखेको बागमती प्रदेश ३-०१-००६ ख १७०४ नम्बरको ६ चक्के टाटा ट्रकमा सशस्त्र प्रहरी बल नेपाल नं. ०२ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरी को विशेष सूचनामा बाहिर पानीको ८० कार्टुन भित्र लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको प्रतिवन्धित लागुऔषध गाँजा १४ पोका करिब १ सय ४० किलो ग्राम सहित उक्त ट्रक बी. ओ. पी. मलंगवा बाट खटि गएको सशस्त्र प्रहरी बल नेपाल को टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सर्लाही मा बुझाएको कुरा वाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर ले बताएका छन् ।