दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. ०२ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी ले मंगलबार बिहान करिब ११:०० बजेको समयमा धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ०९, ईटहर्वा स्थित सिमा ईलाकामा बाट श्रोत नखुलेको लाखौं नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर को विशेष सुराकीमा यहाँ बाट खटिएको सशस्त्र प्रहरी हवल्दार आत्माराम राउतको कमाण्डमा ०४ जना र सशस्त्र प्रहरी बल नेपाल नं. ०८ गण मुख्यालय, धनुषा बाट सशस्त्र प्रहरी निरीक्षक केदारनाथ सापकोटा को कमाण्डमा ०४ जना र बि. ओ. पी. धनौजी बाट सशस्त्र प्रहरी निरीक्षक मनिष कुमार कटुवाल को कमाण्डमा ०४ जनाको गरि जम्मा १२ जना खटिएको संयुक्त टोलीले भारत बाट अबैध रुपमा नेपाल तर्फ आउँदै गरेको नेपाली नम्बर प्लेट प्रदेश-२-०२ ००५ प ५७९८ नम्बरको निलो रंगको अपाचे मोटरसाइकल को ट्यांकी भित्र लुकाई छिपाई राखेको नेपाली रु. २४ लाख १७ हजार बरामद गरि तथा मोटरसाइकल को अंदाजी मूल्य रू. २ लाख गरि जम्मा रु. २६ लाख १७ हजार भारतको जिल्ला मधुबनी, मंगपट्टी-०१, मदिर विशौल बस्ने अन्दाजी वर्ष २३ का उमेश कुमार ले ल्याउँदै गरेको अवस्थामा व्यक्ति सहित नियन्त्रणमा लिई उल्लेखित रकम तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि धनुषा भन्सार कार्यालयमा पठाइएको कुरा पनि सशस्त्र प्रहरी नायब महानिरीक्षक ठाडा मगर ले बताएका छन् ।