दीपेन्द्र प्रजापति/कालो झोला ।

बारा, १७ पुष । सशस्त्र प्रहरी बल नेपाल, बीओपी बेल्दारी ले आईतबार साँझ करिब ०६:२० बजेको समयमा बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. ०४, स्थित बाट हतियार सहित एक जना भारतीय नागरिक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नं. १२ गण मुख्यालय, बारा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्री का अनुसार त्यहाँ बाट खटिएको पैदल गस्ती टोलीले पचरौता नगरपालिका वडा नं. ०४ , गुलरिया स्थित नाका बाट आउँदै गरिरहेको व्यक्तिको हाउभाउ हेर्दा शंका लागि चेक जाँच गर्दा भारतको जिल्ला पूर्वी चम्पारण, मोतिहारी-१६ बस्ने अन्दाजी बर्ष ४० को चन्दन कुमारको दाहिना कम्मरमा होस्टाईल भित्र मोडेल नं. २०२२ RFI पेस्तोलमा ०३ राउण्ड गोली लोड भएको अवस्थामा र ०४ राउण्ड (KF76.5) होस्टाईल राखिएको पेस्तोल-०१, म्याग्जिन-०१ र उक्त पेस्तोलमा लाग्ने गोली-०७ राउण्ड सहित होस्टाईल-०१ , भारतीय रुपैयाँ २० को नोट ०१ वटा, रु. ५० को नोट ०१ वटा, रु. ०१ सय को नोट २७ वटा, रु. ५ सय को नोट १७ वटा गरि जम्मा रु. ११ हजार ०२ सय ७०, भारतीय आधार कार्ड ०३ वटा (आफ्नो, श्रीमती र दाई को) तथा OPPO कम्पनीको मोबाईल सिम कार्ड सहित ०१ थान सहित बरामद गरि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय, सिम्रौनगढ मा बुझाईएको कुरा पनि सूचना अधिकारी खत्री ले बताएका छन् ।