दीपेन्द्र प्रजापति/कालो झोला ।

बारा, २५ भाद्र । सशस्त्र प्रहरी बल नेपाल नं. १२ मुख्यालय, बारा ले शुक्रबार विभिन्न समय र विभिन्न स्थानहरु बाट विभिन्न अबैध सामानहरू आफ्नो नियन्त्रणमा लिइ रु. ६ लाख ३३ हजार ६ सय ७० मूल्याङ्कन गरि बीरगंज भन्सार कार्यालय मा बुझाइएको छ ।

गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र बहादुर थापा का अनुसार उक्त दिन बिहान करिब ०८:०० बजेको समयमा बारा जिल्लाको जितपुर-सिमरा उप महानगरपालिका वडा नं. १० नितनपुर स्थित दुई जना व्यक्तिहरुले अबैध रुपमा भन्सार छली ना. २१ प ६१३४ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल र ना. १२ प ६४८९ नम्बरको सी. बी. जेड मोटरसाइकल प्रयोग गरि निभा स्पेशल मिल्क पाउडर ८ बोरा, बीरगंज बाट जितपुर तर्फ जाँदै गरेको अवस्थामा त्यस कार्यालय बाट खटिएको टोलीलाई देख्ना साथ सामान र मोटरसाइकल सोही स्थानमा छोडी व्यक्तिहरू फरार भएको हुँदा उक्त सामान तथा मोटरसाइकलहरु नियन्त्रणमा लिई रु. ३ लाख २० हजार मूल्याङ्कन गरि आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

त्यस्तै सोही दिन राति करिब ११:०० बजेको समयमा सोही स्थानको बीरगंज-पथलैया सडक खण्डमा नं. १२ गण बाटै खटिएको टोलीले चेक प्वाइन्ट थापी चेक जाँच गर्ने क्रममा बीरगंज देखि काठमाडौं जाँदै गरेको यात्रुबाहक सवारी साधनहरु चेक जाँच गर्दा बील बीजक नभएको अन्दाजी मूल्य रु. २ लाख ०८ हजार ८ सय ७० बराबरको ईलेक्ट्रोनिक्स सामानहरू, किराना सामानहरू तथा कपडाहरू समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय मा बुझाइएको छ ।

यसैगरी सोही दिन राति ११:३० बजेको समयमा बारा जिल्ला कै सूवर्ण गाउँपालिका वडा नं. ०३, सन्तगंज सीमा ईलाका बाट अबैध रुपमा भन्सार छली ४ जना व्यक्तिहरुले टाउको मा बोकी अन्दाजी मूल्य रु. १ लाख ०४ हजार ८ सय बराबरको मेडिकल (सर्जिकल) आइटम का सामानहरू भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा बी. ओ. पी. कवही गोठ बाट खटिएको टोलीलाई देख्ना साथ उक्त सामानहरू सोही स्थानमा छोडी व्यक्तिहरू फरार भएको हुँदा उक्त सामानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आज बीरगंज भन्सार कार्यालय मा बुझाइएको कुरा नं. १२ गण का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक समेनन्द बज्राचार्यले बताएका छन् ।