सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा पिकप गाडि सहित भन्सार छलेको विभिन्न कपडा बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २५ चैत । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले विशेष सूचनाको आधारमा आईतबार भारत बाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याई भित्र्याईएका कपडाहरु सहित एउटा पिकअप गाडी आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन बीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भुटनदेवी मन्दिर नजिकबाट बा. प्र.०१-०२७ च ८५०३ नम्बरको सेतो रंगको TATA YODHA SINGLE CAB पिकअप गाडिमा लोड गरी जीतपुर-सिमरा तर्फ लैजान लागेको अवस्था बाट सशस्त्र प्र्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलिले सोही स्थान बाटै गाडिलाई पिछा गर्दै जाँदा बारा जिल्लाको जितपुर सिमरा-उप महानगरपालिका वडा नं. २३, भलुवाही गाउँमा गाडीलाई बेवारिसे अवस्थामा साघुरो गल्लिमा छाडी गाडी चालक भागी गएको अवस्थामा उक्त कपडा सहितको गाडीलाई नियन्त्रणमा लिई मूल्य रु. १० लाख ०७ हजार ९ सय बरावरको २० बोरा (सर्टिङ्ग सुटिङ्ग, सारी र कुर्तासुरवाल) कपडाहरु र पिकअप गाडीको भन्सार दाखिला मूल्य रु.२५, लाख गरी जम्मा मूल्य रु.३५ लाख ०७ हजार ९ सयको गाडी र कपडाहरु आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 13 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 16 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 20 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 11 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 24 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि