
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २५ चैत । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले विशेष सूचनाको आधारमा आईतबार भारत बाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याई भित्र्याईएका कपडाहरु सहित एउटा पिकअप गाडी आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन बीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भुटनदेवी मन्दिर नजिकबाट बा. प्र.०१-०२७ च ८५०३ नम्बरको सेतो रंगको TATA YODHA SINGLE CAB पिकअप गाडिमा लोड गरी जीतपुर-सिमरा तर्फ लैजान लागेको अवस्था बाट सशस्त्र प्र्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलिले सोही स्थान बाटै गाडिलाई पिछा गर्दै जाँदा बारा जिल्लाको जितपुर सिमरा-उप महानगरपालिका वडा नं. २३, भलुवाही गाउँमा गाडीलाई बेवारिसे अवस्थामा साघुरो गल्लिमा छाडी गाडी चालक भागी गएको अवस्थामा उक्त कपडा सहितको गाडीलाई नियन्त्रणमा लिई मूल्य रु. १० लाख ०७ हजार ९ सय बरावरको २० बोरा (सर्टिङ्ग सुटिङ्ग, सारी र कुर्तासुरवाल) कपडाहरु र पिकअप गाडीको भन्सार दाखिला मूल्य रु.२५, लाख गरी जम्मा मूल्य रु.३५ लाख ०७ हजार ९ सयको गाडी र कपडाहरु आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।