एनएमसी कलेज र कर्मचारी संचय कोषका बीच सम्झौता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगन्ज, २५ चैत । वीरगन्जको नेशनल मेडिकल (एनएमसी) कलेज शिक्षण अस्पताल र कर्मचारी सञ्चय कोषका बीच कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार सम्झौता भएको छ । कोषको सामाजिक सुरक्षा योजना सञ्चालन विनियम २०८० अन्तर्गत सञ्चयकर्ता स्वास्थ्य उपचार योजना बमोजिम पनि यो सम्झौता भएको पाइएको हो ।

सञ्चयकर्ता स्वास्थ्य उपचार योजना बमोजिम कोषका सञ्चयकर्तालाई औषधी उपचारमा सहजीकरण गर्ने उद्देश्यले यो सम्झौता गरिएको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मेनेजिङ डाइरेक्टर (एमडी) शहनाज अन्सारीले बताए । सञ्चय कर्ताले सुविधा दावी गर्दा पेश गरेका अस्पताल सँग सम्बन्धीत कागजात, बिल वा अन्य कुनै पनि बिषयमा कोषबाट थप अध्ययन गर्न आवश्यक परेमा अस्पताले पूर्ण सहयोग गर्ने, सम्झौता गरेवापत कोषले अस्पताललाई तथा अस्पतालले कोषलाई कुनै शुल्क, कमिशन लगायत आर्थिक व्यय भार हुने कार्य नगर्ने, अस्पतालले सञ्चयकर्तासँग यस योजनामा सिफारिस वा सहजीकरण गरेवापतको कुनै शुल्क वा कमिशन नलिने जस्ता विभिन्न ८ वटा बुँदामा दुवै पक्षका बीच सहमति भएको उनको भनाइ छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन विनिमय २०८० अन्तर्गत सञ्चयकर्ता स्वास्थ्य उपचार योजनाको प्रभावकारी कार्यान्वयन गर्ने र सञ्चयकर्तालाई स्वास्थ्य उपचार खर्च सोधभर्ना उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक बिल भौचर र अन्य प्रमाण साथै उक्त प्रक्रियामा सहजीकरण गर्नु कोष र अस्पताल बीचको सम्झौताको साझा उद्देश्य रहेको पाइएको छ ।

सम्झौतामा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका तर्फ बाट एमडी अन्सारी र कोषको तर्फबाट कोषको हेटौडा शाखाको कार्यालय प्रमुख डा.दिलिपराज पौडेलले हस्ताक्षर गरेका छन् । सो क्रममा शाखा कार्यालय हेटौडाका सहायक प्रवन्धक सन्तोष बहादुर चन्द र कलेजका सि.ऐ .मौजेलाल कुमार सहनी रहेका थिए ।

त्यसै गरी हेटौडाका अशिष्टेन्ट मेनेजर निशा दहाल र सुबोध बहादुर चन्द लगायतको पनि सशभागिता रहेको थियो । सम्झौता नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा नै भएको कलेजका प्रेस सल्लाहकार आसिक अन्सारीले जानकारी दिनु भयो ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा असार ०१ गते राति करिब ११:५६ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक…

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले नेपाल कै पहिलो प्रवेश द्वारको रूपमा चिनिने पर्सा जिल्लाको मुटु मानिने वीरगंजको शंकराचार्य गेटमा १२ औं…

    पहिलो

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 59 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 106 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 94 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 102 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 119 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 103 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-