दीपेन्द्र प्रजापति/कालो झोला ।

बारा, २१ असोज । सशस्त्र प्रहरी बल नेपाल, बी. ओ. पी. बेनौली, बाराले आज बिहान करिब ०६:१० बजेको समयमा प्रतिबन्धित लागुऔषध चरेश २० किलो ग्राम सहित तीन जना मानिसहरूलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरी का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर का अनुसार बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. ०७, बेनौली मा उल्लेखित बी. ओ. पी. स्थित बाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा नेपाल बाट भारत तर्फ ना. १ ह. ६२३४ नम्बरको अटोमा तीन व्यक्तिहरु क्रमशः बीरगंज महानगरपालिका वडा नं. १९, नगवा बस्ने वर्ष ३० को मुकेश श्रीवास्तव, वडा नं. ०२, छपकैया बस्ने वर्ष १६ को मुस्तफा देवान तथा बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. ०१ बस्ने वर्ष ३७ को मुस्ताज देवान ( अटो चालक ) ले दुई वटा ग्यालेनमा अंदाजी २० किलो ग्राम लागु औषध चरेश लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिई बी. ओ. पी. बेनौलीमा राखी आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण मुख्यालय, बारा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक समेनन्द बज्राचार्यले बताएका छन् ।