दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १८ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय, पर्सा सहित अन्तरगत पर्ने विभिन्न बी. ओ. पी. हरु द्वारा एक हप्तामा मा करिब रू. १३ लाख ४२ हजार ०४ सय ७९ बराबरको विभिन्न सामानहरू पक्राउ गरिएको छ ।

गण का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक संतोष कुमार बस्नेत का अनुसार भदौ १२ गते देखि १७ गते सम्म बीरगंज महानगरपालिकाको विभिन्न वडाहरू क्रमशः वडा नं. १६ भंसार गेट, इनर्वा, नगवा वडा नं. १७ कोन्हिया वडा नं. २४ श्रीसिया, वडा नं. २५ बहुअरी, वडा नं. ३१ र वडा नं. ०१ छपकैया तथा जगरनाथपुर गाउँपालिका वडा नं. ०२ दसौता लगायतका स्थानहरु बाट क्रमशः बी. ओ. पी. अमरपट्टी, बी. ओ. पी. बीरगंज, बी. ओ. पी. सिर्सिया, बी. ओ. पी. ड्राई पोर्ट तथा बी. ओ. पी. भीखमपुर बाट खटिएको सशस्त्र प्रहरी बल, नेपाल को टोलीले कपडा, मोबाईल पार्ट्स, मोटर पार्ट्स, किराना सामानहरू, मोटरसाइकल तथा काठ बरामद गरि शनिबार बीरगंज भन्सार कार्यालय र सम्बन्धित कार्यालयमा बुझाइएको कुरा पनि सूचना अधिकारी बस्नेत ले बताएका छन् ।