दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १५ असोज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सामा गणपति को रुपमा आएका सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य ले आफ्नो सक्रियता मा असोजको दुई साता मै लाखौंको बिभिन्न किसिमका सामानहरू पक्राउ गरि बीरगंज भन्सार कार्यालयमा दाखिला गरेका छन् ।

गण का सूचना अधिकारी संगम श्रेष्ठ का अनुसार असोज ०१ गते देखि १४ गते सम्मको प्रगति विवरण क्रमशः काठ १ सय १२ क्यू. फिट को रु. २ लाख ५३ हजार ४ सय, बोइलर कुखुरा ८५ के. जी. रु. २२ हजार ५ सय, बिभिन्न किसिमका औषधिहरू २ झोला रु. ९६ हजार १ सय १३, हुण्डीको भारतीय रु. ५ सयको दरको १ सय थान गरि भा. रु. ५० हजार को नेपाली रु. ८० हजार यसैगरी बिभिन्न किसिमका लता कपडा २० बोरा रु. २१ लाख ६८ हजार ६ सय ४१, बिभिन्न किसिमका खाद्यान सामाग्री रु. २ लाख ५१ हजार १ सय ४८, हार्डवेयर का सामानहरू ११ झोला रु. ७० हजार ४ सय ६०, किराना सामानहरू ३ बोरा रु. २३ हजार २ सय, पशु चौपाया ५ गोटा रु. ४५ हजार ८ सय, मदिरा २ सय ९० लिटर रु. ४४ हजार ४ सय, मोटरसाइकल २ वटा रु. १ लाख ५ हजार, कार १ वटा रु. २५ लाख, ई-रिक्सा १ वटा रु. १ लाख, साईकल ४ वटा रु. २० हजार गरि जम्मा रु. ५७ लाख ८५ हजार ६ सय ६२ बराबरको नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय मा बुझाईएको छ ।

यसै गरि प्रतिबन्धित लागु औषध गाँजा १० के. जी., डाइजेपाम १ सय २० एम्पुल, नुर्फिन १ सय २० एम्पुल तथा फेनारगन १ सय २० एम्पुल गरि जम्मा ३ सय ६० एम्पुल बरामद गरिएको छ ।