दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज बाट खटिएको सयूक्त चेकिङ टोलीले दिउँसो करिब ०१:०० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १६, भन्सार रोड स्थित सडक खण्डमा भारत बाट नेपाल तर्फ आउदै गरेको भारतीय नम्बर BR 05 AR 8101 को मोटर साइकलमा सवार भारतिय नागरिक जिल्ला पुर्वि चम्पारण, रक्सौल नगरपञ्चायत वार्ड नं. ०७, अहिरवा टोला बस्ने बर्ष २३ को उमेश यादवलाई चेक जाँच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट भित्र लुकाई छिपाई ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया १० लाख सहित आवश्यक कारबाहीको लागि मंगलबार नै बिरगंज भन्सार कार्यालयमा बुझाएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताएका छन् ।