दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ पुष । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा र बीरगंज भन्सार कार्यालय बाट खटिएको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा बुधबार वीरगंज महानगरपालिका वडा नं. २४, बहुअरी स्थित रहेको एक घरमा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई भण्डारण गरी राखिएको कपडा अंदाजी मुल्य रु. ५ लाख ८३ हजार ४ सय ५० बराबरको बरामद गरि आजै आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालयमा बुझाइएको कुरा गण का प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताएका छन् ।