दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ पुष । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुर, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०४:३० बजेको समयमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ०४, बिजबनिया स्थित बाट २० वटा पशु चौपाया आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको गाडी मोवाईल टोलिलाई देखी भारत बाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ३ लाख ८५ हजार बराबरको भैसी ७, रांगा ४, पाडा ८ र पाडी १ गरी जम्मा २० वटा पशु चौपाया छाडी ब्यक्ति भागेकोले उक्त पशु चौपाय नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक संगम श्रेष्ठले बताएका छन् ।