दीपेन्द्र प्रजापति/कालो झोला ।

सिरहा, १६ असोज । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय, सिरहा बाट खटिएको टोलिले आज बिहान ०९:०० बजेको समयमा बिशेष सुचनाको आधारमा सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं. १८, तारापट्टी ईलाकामा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी मुल्य रु. ८० लाख बराबरको ७८ पोका कपडा नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय, सिरहाले बिशेष योजना बनाई अवैध चोरी पैठारी नियन्त्रण गर्ने कार्यमा केन्द्रित भई कारवाही संचालन गर्दा सिरहा जिल्लाकै हालसम्मको ठुलो परिमाणको भन्सार छलिको अवैध कपडा नियन्त्रणमा लिन सफल भएको हो ।

बिगत २/४ दिन देखि सिरहा जिल्लामा राजस्व अनुसन्धान कार्यालय, ईटहरी र सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय, सिरहाको संयुक्त परिचालनमा शनिबार रु. ४० लाख बराबरको कपडा र सोमबार रु. २५ लाख बराबरको कपडा बरामद गर्न सफल भएको तथा चार दिन भित्रमा जम्मा रु. १ करोड ४५ लाख बराबरको बरामद गरेका छन् ।

उक्त गणले नियन्त्रणमा लिएको सामान आबश्यक कारवाहिको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय, सिरहा का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रमोद भारती ले बताएका छन् ।