मुना न्यौपाने
नुवाकोट, माघ १६ गते । बेल्कोटगडी नगरपालिका वडा न. ५ नुवाकोटको आयोजनामा सातौँ झिल्टुङ दौड प्रतियोगिता २०७९ तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नुवाकोटको कोल्पुटारमा आयोजित उक्त कार्यक्रम गत शनिवार सम्पन्न भएको हो । म्याराथुन दौडका साथी चर्चित लोकगायक सरोज लामिछाने र गायिका स्मृति गौतमको बेजोड प्रस्तुतिसहित विभिन्न बाजा तथा झाँकी, नृत्य प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा स्थानीय नगरपालिका र वडावासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ झिल्टुङ क्रस कन्ट्री दौड प्रतियोगिता गरिएको वडाध्यक्ष मदन भुजेलले बताउनुभयो । त्यस्तै, नगरपालिका उपमेयर उपमेयर शिव दाहालले झिल्टुङ साहित्यिक क्षेत्रदेखि क्रस कन्ट्री दौड प्रतियोगिताले समेत चिनाउनका लागि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
झिल्टुङ महाकवि लक्ष्मीप्रसाद देवकोटाको मामा सुराली घर भएकाले झिल्टुङलाई विश्व समुदायसम्म पहिचान गराई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी आयआर्जन बढाउने लक्ष्य लिएर कार्यक्रम गर्न लागिएको नगरपालिकाका मेयर जगतबहादुर गुरुङले बताउनुभयो । झिल्टुङ चीन–भारत जोड्ने गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी मार्गमा पर्छ ।

ुा