दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०५ फागुन । नेपाल भोपजुरी समाजले वीरगञ्जको सिद्धार्थ मा.बि. मा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले बिध्यार्थीहरुलार्ई प्रशिक्षण दिनु भएको हो । कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, बिध्यालयका प्र. अ. अनिल बर्णवाल, संचारकर्मी राज कुमार सरार्फको सहभागीता रहेको थियो ।

त्यस्तै प्रशिक्षण कार्यक्रम पछि कक्षा ९ की छात्रा प्रिती कुमारी पटेल, बिभा साह र किरण कुमारीले भोजपुरी मौलिक गित सुनाएका थिए । कार्यक्रममा प्र. अ. अनिल बर्णवालले समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको व्यतित्वको बारेमा प्रशंसा गर्नु भएको थियो, भने बिध्यार्थीहरुलाई बिषय बस्तुले निकै गंभिर बनाएको थियो ।

समाजले प्रत्येक सप्ताहको शुक्रबार हरेका सामुदायिक बिध्यालयमा सचेतना अभियान संचालन गरिरहेको सचिव राजेन्द्र सिंह राजपुतले बताएका छन् । सिद्धार्थ मा.बि.मा सो प्रशिक्षण पछि ११ सदसीय कमिटी बनाईएको छ । कक्षा ९ की छात्रा रुकसाना खातुनको संयोजकत्वमा गठन भएको कमिटिले भोजपुरी भाषा, साहित्यको बारेमा कलम चलाउने तथा बिकृतीहरु उपर रचनात्मक काम गर्ने बताईएको छ ।